दफा २८
घर जग्गा प्राप्त गरिदिने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले परियोजना कार्यान्वयनको लागि आवश्यक पर्ने घर जग्गा आपैmले खरिद गर्नु पर्नेछ । त्यसरी खरिद गर्न नसकेमा र सम्झौतामा कुनै घर जग्गा प्राप्त गर्नु पर्ने उल्लेख भएमा नेपाल सरकारले अनुमतिपत्र प्राप्त व्यक्तिको अनुरोधमा त्यस्तो घर जग्गा प्रचलित कानून बमोजिम संस्थालाई जग्गा प्राप्त गरे सरह प्राप्त गरिदिनेछ ।
(२) उपदफा (१) बमोजिम घर जग्गा प्राप्त गर्दा जग्गाधनीलाई दिनुपर्ने क्षतिपूर्ति सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्वमा रहेको वा सार्वजनिक जग्गा परियोजना कार्यान्वयनको लागि आवश्यक भएमा नेपाल सरकारले त्यस्तो जग्गा सम्झौतामा लेखिए बमोजिम लिज वा बहालमा प्रयोग गर्न दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम सार्वजनिक जग्गा लिज वा बहालमा प्रयोग गर्न दिइएकोमा त्यस्तो लिज वा बहालबाट प्राप्त रकमको पचास प्रतिशत रकम सम्बन्धित नगरपालिका वा गाउँपालिकाहरुलाई उपलब्ध गराउनु पर्नेछ ।